


गोरखाली जनाताको पक्षमा प्रचण्डले सार्वजनिक गरे ४५ रणनीतिक योजना

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन् ।
गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने प्रचण्डको भनाई छ ।

