

दोहोरो नागरिकता र राहदानी बनाएका एक जना पक्राउ

काठमाडौं – दोहोरो नागरिकता र राहदानी बनाएर अमेरिका जान लागेका एक जना काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको वेलका नगरपालिका-७ घर भएका ४१ वर्षीय ओमबहादुर राई रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईले दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने गोप्य सुचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा महाराजगंजस्थित राजदूतवास नजिकबाट पक्राउ गरिएको हो।
उनलाई नियन्त्रणमा लिई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

