मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील


हेटौंडा- मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ। दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले १९ मतदानस्थल अति संवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिए। उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल पहिचान गरेर सुरक्षा सुरु गरेको बताए।

उनले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रको पहिचान गरेको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाएको जानकारी दिए।

‘जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको छ’, उनले भने, ‘केही दिनपछि प्रहरी पनि खटाउने तयारी छ।’

जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता छन् । त्यस्तैग क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया