

माओवादीको निर्वाचन घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि घोषणपत्र सार्वजनिक गरेको छ । आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडाँमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी घोषणापत्र सर्वजनिक गरेको हुन् ।
माओवादी केन्द्रले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने र त्यसका लागि अहिलेको संविधान संशोधन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
सोमबार सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ। विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएकोले संविधान संशोधन गर्ने माओवादीले बताएको छ। उसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।
‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ,’ माओवादीको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘ संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ।’
यस्ताे छ पुर्णपाठ :

