गठबन्धन भित्रैका दुई उम्मेदवारबीच २२ क्षेत्रमा भिडन्त

११ स्थानमा कांग्रेस र एकीकृत समाजबादीका उम्मेदवार लड्दै


काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलाहरु आफैबीच ३ प्रतिनिधि सभा क्षेत्र र १९ प्रदेशसभा क्षेत्रमा प्रतिष्पर्धा हुने भएको छ ।

चार सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा (एकीकृत समाजबादी) र राष्ट्रिय जनमोर्चाका सभापति तथा अध्यक्षले गत कात्तिक ११ गते शुक्रबार हस्ताक्षर गरी जारी गरेको साझा उम्मेदवारको सूचीमा पाँच दलका आधिकारिक उम्मेदवारबीच नै २२ निर्वाचन क्षेत्रमा भिडन्त हुने भएको हो ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालसँग तालमेल गरेका चार राजनीतिक दलहरुले आ–आफ्नो दाबी नत्यागेपछि १४ स्थानमा मित्रवत प्रतिष्पर्धा हुने भएको छ भने ८ वटा निर्वाचन क्षेत्रमा आधिकारिक उम्मेदवार को हो भन्ने विषयमा छलफल जारी रहेकोले निर्णय हुन नसकेको सत्ता गठबन्धन दलले जनाएका छन् ।

संघीय निर्वाचन क्षेत्रतर्फ ३ स्थानमा र प्रदेश सभातर्फ १९ क्षेत्रमा सत्तारुढ गठबन्धन दलबीच साझा उम्मेदवार खडा हुन सकेका छैनन् ।

नेपाली कांग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नम्वर २ का अधिकारिक उम्मेदवार रामकृष्ण यादवसँग नेकपा एसले रामचन्द्र झालाई उम्मेदवार बनाएको छ । यो वाहेक कांग्रेसका १० जना प्रदेशसभा सदस्यका उम्मेदवारसँग नेकपा एसका १० जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।

यस्तै कांग्रेस र माओबादी केन्द्रबीच काठमाडौं क्षेत्र नम्वर १० र अन्य ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । माओबादी केन्द्र र लोसपाबीच सर्लाही क्षेत्र नम्वर २ र एउटा प्रदेशसभा सदस्यतर्फ प्रतिष्पर्धा हुने भएको छ ।

सत्ता गठबन्धनका दलबीच सहमति नहुँदा माओबादी र नेकपा एसका उम्मेदवारबीच ३ वटा प्रदेशसभामा र लोसपा र एसबीच १ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा हुने भएको छ । सत्तारुढ कांग्रेससँग लोसपाका कुनै पनि उम्मेदवारबीच मित्रवत प्रतिष्पर्धा हुने बताइएको छैन ।

बाजुरा र हुम्लाको प्रदेशसभा ‘क’, सुर्खेत २ को ‘क’ र ‘ख’ दुवैमा, कपिलबस्तु १ को ‘ख’, स्याङ्जाको २ ‘क’, सिरहाको ३ ‘ख’ र महोत्तरीको २ ‘क’मा गरी ८ स्थानमा छलफल जारी रहेको र वाँकी ११ वटा प्रदेशसभा र तीन वटा प्रतिनिधिसभा क्षेत्रमा सत्तारुढ दलका उम्मेदवारबीच मित्रवत प्रतिष्पर्धा हुने भएको छ ।

रुपन्देही क्षेत्र नम्वर २ बाट उम्मेदवार भएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई कांग्रेस, माओबादी, नेकपा एस र लोसपाले समर्थन गरे पनि राष्ट्रिय जनमोर्चाले भने समर्थन गरेको छैन ।

सत्ता गठबन्धन दलका उम्मेदवारबीच प्रतिनिधिसभामा मित्रवत प्रतिष्पर्धा हुने क्षेत्रहरु

१) धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव र नेकपा (एस) का रामचन्द्र झा
२) सर्लाही २ मा माओबादी केन्द्रका महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतो र
३) काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी र माओबादी केन्द्रकी अन्जना बिसंंखे ।

सत्ता गठबन्धन दलका उम्मेदवारबीच प्रदेशसभामा मित्रवत प्रतिष्पर्धा हुने क्षेत्रहरु

१) सर्लाही १ को ‘क’ मा माओबादीका रामचन्द्रसिंह कु्सवाहा र लोसपा उपेन्द्र महतो
२) बारा १ को ‘ख’मा कांग्रेसका नागेन्द्र प्रसाद कानु र नेकपा एसका बतहु यादव
३) पर्सा ३ को ‘ख’मा कांग्रेसका जनार्दनसिंह क्षेत्री र नेकपा एसका प्रल्हाद गिरी
४) काठमाडौं ३ ‘ख’ मा कांग्रेसका बिमल ठकुरी र माओबादीका महेश्वर फुयाल
५) काठमाडौं ५ को ‘ख’मा कांग्रेसका श्यामबहादुर खड्का र नेकपा एसका बालकृष्ण श्रेष्ठ
६) काठमडौ ६ को ‘ख’मा विष्णुभक्त तिमिल्सिना र माओबादीका प्रकाश फुयाल
७) काठमाडौं १० को ‘क’मा कांग्रेसका पुकार महर्जन र माओबादीका दिलिप महर्जन
८) बाँके २ को ‘क’मा कांग्रेसका राजकुमार वर्मा र नेकपा एसका समसद्दिन सिद्दिकी
९) बाँकेको २ ‘ख कांग्रेसका सुरेन्द्र हमाल र माआबादीका अक्कलबहादुर बम
१०) कञ्चनपुर २ को ‘ख कांग्रेसका बहादुरसिंह थापा र नेकपा एसका लालबहादुर खड्का
११) कञ्चनपुर ३ ‘ख नेकपा एसका प्रकाश रावल र माओबादीका टेकेन्द्रप्रसाद भट्ट

छलफल जारी रहेकाले तालमेल वा मित्रवत प्रतिष्पर्धा गर्ने भन्ने निर्णय हुन वाँकी प्रदेशसभा निर्वाचन क्षेत्र

१) सिरहा ३ ‘खमा कांग्रेसका सञ्जयप्रकाश यादव र नेकपा एसका प्रमोद यादव
२) महोत्तरी २ ‘क’मा नेकपा एसकी मञ्जु राइन र लोसपा जयनुल राइन
३) स्याङ्जा २ को ‘क’मा कांग्रेसका भोजराज अर्याल र नेकपा एसका रामचन्द्र भट्टराई
४) कपिलबस्तु १ को ‘खमा कांग्रेसका सहसराम यादव र नेकपा एसका फजलुर खान
५) हुम्लाको ‘क’मा माओबादीका रनसिंह परियार र नेकपा एसका हस्तबहादुर शाही
६) सुर्खेत २ को ‘क’मा कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा एसका शिवप्रसाद उपाध्याय
७) सुर्खेत २ को ‘खमा माओबादीका बिन्दमान विष्ट र नेकपा एसका मोहन बडुवाल
८) बाजुराको ‘क’मा नेकपा एसका नरेश शाही र माओबादीका कर्णबहादुर विश्वकर्मा

प्रतिक्रिया