

शंशाक कोइरालाको स्वास्थ्यमा सुधार, अवस्था खतरा मुक्त

भरतपुर – चुनावी सभामा एक्कासि अचेत भएका नेपाली काँग्रेसका नेता डा. शंशाक कोइराला खतरा मुक्त छन् ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहनुभएका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाए ।
उनको परीक्षण रिपोर्टहरुमा केही पनि नकारात्मक नरहेको र अहिले होशमै रहेकाले २४ घण्टाको निगरानी पछि पनि यही अवस्था रहे अस्पतालले डिस्चार्ज गर्ने प्रधानले बताए ।
डां कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो वेहोस भएका थिए ।

