सन्दीपलाई १२ वर्ष कैद सजाय हुने दाबीसहित प्रहरीले बुझायो प्रतिवेदन


काठमाडौं –  नेपाल प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान सकाएर प्रतिवेदन पेश गरेको छ । नाबालिका बलात्कार मुद्दामा पक्राउ परेका लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो ।

सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार प्रहरीले सन्दीपलाई १२ वर्ष कैद सजाय हुने उल्लेख गर्दै प्रतिवेदन बुझाएका छ । उनका अनुसार मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहे अनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ। सोही अनुसार प्रहरीले फाइल पेस गरेको छ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपले बलात्कार गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले १२ वर्षसम्म कैद सजाय मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो।

सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बताएकी थिइन्।

प्रतिक्रिया