

प्रतिवन्धित लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं – सुनसरीबाट प्रतिवन्धित लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ धरानेटोलस्थित बरगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका-५ बस्ने ४० वर्षीय सुनिल राई र इटहरी उपमहानगरपालिका-५ पचरूकी बस्ने २६ वर्षीय अनिष खाती रहेका छन्। प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४६ प २३४४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी स्कुटीमा सवार उनीहरूलाई पक्राउ गरेको हो।
नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, फेनारगन ४८ एम्पुल, नुफिन ४८ एम्पुल र नाइट्राभेट २ सय ७४ ट्याबलेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने २१ वर्षीय बसन्त खड्का, सोही महानगरपालिका विरौटा बस्ने २४ वर्षीय नविन भुजेल र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१३ धतेवा बस्ने २२ वर्षीय मनोज कुमार कामी रहेका छन्।
सोही ठाउँस्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले लु.१ ख ८५७१ नम्बरको बसमा सवार बसन्त र नविनको साथबाट डाइजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल, फेनारगन ४३ एम्पुल र लु.२ ख २२७ नम्बरको बसमा सवार मनोज कुमारको साथबाट डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल, नुर्फिन ५ एम्पुल तथा नाइट्राभेट २ सय ७४ ट्याबलेट सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर ७ मिलिग्राम र गाँजा ३ ग्राम ६ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१२, शान्तीटोल बस्ने २२ वर्षीय अर्जुन बिक भन्ने कृष्ण बिकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट धनगढीबाट खटिएको प्रहरीले ना.७ ख ६०४८ नम्बर बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी सोही बसका सहचालक अर्जुनलाई पक्राउ गरेको हो।

