बझाङमा जीप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु


धनगढी – बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६जनाको घटनास्थलमा मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीदे जानकारी दिए ।

डीएसपी भण्डारीकाअनुसार जीप भिरबाट खसेको र टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

प्रतिक्रिया