म्यानमार इन्सेन कारागारमा बम विष्फोट, कम्तीमा ८ जनाको मृत्यु


काठमाडौं – म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन कारागारमा शक्तिशाली विस्फोट भएको छ । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच आगन्तुकको मृत्यु भएको हो ।

इन्सेन जेल देशकै सबैभन्दा ठुलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारी बाहेक मारिएका पाँच जना महिला थिए, जो कैदीहरूलाई भेट्न आएका थिए। बीबीसी

प्रतिक्रिया