कमेडियन अपूर्वलाई मुद्दा दर्ताका लागि लगियो जिल्ला अदालत


काठमाडौं – कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा दर्ता गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्न अदालत लगिएको जनाइएको छ ।

उनीविरूद्ध स्ट्यान्डअप कमेडी गर्दा नेवाः समुदायमाथि चोट पुर्‍याएको भन्दै मुद्दा परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त दिन कार्यालयले मुद्दा हेर्न नभ्याएको भन्दै प्रहरीले पुनः अपूर्वलाई हिरासतमा लिएको थियो।

भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको हो।

प्रतिक्रिया