वृद्धभत्ता बुझ्ने उमेरका १२० जना उम्मेदवार चुनावी मैदानमा (नामसहित)


काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७९–८० का लागि वृद्धभत्ता खाने उमेर ६८ वर्ष कायम गर्यो । सरकारले बजेट भाषणमार्फत ६८ वर्षमा वृद्धभत्ता खान पाउने घोषणा गरेको पनि ४ महिना बितिसकेको छ । सोही घोषणाअनुसार कैयन वृद्धवृद्धाले भत्ता पनि बुझिसके ।

तर, मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ त्यस्तो वृद्धभत्ता खान योग्य १२० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो उमेर समूहमा स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि छन् । डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको उमेर ७७ वर्ष रहेको छ ।

सुनसरी ३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका विजयकुमार गच्छदारसहित २४ जना ६८ वर्ष उमेरका रहेका छन् भने ६९ वर्ष उमेरमा २१ जना रहेका छन् ।
७० वर्ष उमेरका १७ जना, ७१ वर्षका ८ जना, ७२ वर्षका पनि ८ जना रहेका छन् ।

यस्तै ७३ वर्षका १० जना, ७४ वर्षका ५ जना ७५ वर्षका ६ जना, ७६ र ७७ वर्षका ३–३ जना रहेका छन् । यस्तै ७८ वर्षका ४ जना र ७९ वर्षका २ जना रहेका छन् । आयोगको तथ्यांकअनुसार ८० वर्षका ३ जना, ८१ वर्षका १ जना, ८४ वर्षका २ जना, ८५ वर्षका २ जना, ८७ वर्षका १ जना र ९९ वर्षका १ जना रहेका छन् । ९९ वर्षीय उम्मेदवार नेपाली कांग्रेस बिपीबाट गोरखा २ मा निर्वाचन लडेका टिकादत्त पोखरेल रहेको आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा उल्लेख छ ।

प्रतिक्रिया