


सत्ता गठबन्धनको सिट बाँडफाँट : एकीकृत समाजवादीले पाउने भयो यी १७ ठाउँ

काठमाडौँ- सत्ता गठबन्धनभित्र सिट बाँडफाँट समस्या समाधान उन्मुख देखिएको छ। पाँच दलीय गठबन्धनमध्ये नेकपा एकीकृत समाजवादीले पाउने प्रत्यक्षतर्फको सिट संख्या टुंगो लागिसकेको छ। जसअनुसार एकीकृत समाजवादीले १७ निर्वाचन क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार उठाउने छ। दलहरूबीच बुधबार अबेरसम्म चलेको बैठकले यस पार्टीलाई १७ सिट दिने सहमति गरेका हुन्।
इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीमा एकीकृत समाजवादीको उम्मेदवार हुनेछन्। बारा ४ धादिङ १ र अछाम १को मा अन्य दलले पनि दाबी गरेको तर एकीकृत समाजवादीलाई छोड्न दलहरू सहमतिउन्मुख रहेको बताइएको छ।दलहरूलाई प्रतिनिधिसभाको १६५ क्षेत्रको भागबन्डा मिलाउन फलामकै चिउरा चपाए सरह भइरहेको छ।

