

बागमतीका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे तथा पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष एवम् सुरेन्द्र पाण्डेलाई मातृ शोक परेको छ । पाण्डेद्वयका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको हो ।
मुख्यमन्त्री पाण्डे तथा नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमाको निधन भएको जानकारी दिएका छन् ।

