
स्वतन्त्र पार्टीले भन्यो- नागरिकता विधेयकमा राष्ट्रपतिसहित अरू पनि दोषी छन्
काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको प्रमाणीकरण रोकिनुको दोष राष्ट्रपतिको मात्रै नभएको निष्कर्ष निकालेको छ।
प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै ‘गैरसंवैधानिक’ परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसद् र राजनीतिक दलले बोक्नुपर्ने बताएका हुन्।
‘विधेयक राष्ट्रहितमा थिएन तर ५ वर्षसम्म नागरिकताजस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यसरी विधेयकलाई चुनावी एजेण्डाका रूपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास हो।’




कागजपत्र |
