
कपनमा अक्सिजनको सिलिन्डर पड्किँदा आगलागी : तीन जनाको मृत्यु, एक घाइते
काठमाडौँ– काठमाडौँको कपनस्थित एक घरमा बुधबार साँझ आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।
कपनको राम मन्दिर नजिकै रहेको एलाइट हिमालयन एड्भेन्चर ट्रेकिङ कम्पनीमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले जानकारी दिए।
उनका अनुसार अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको हो। बुधबार साँझ पौने ७ बजे लागेको आगो काठमाडौँ, ललितपुर र भक्तपुरको दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो। उक्त घटनामा एक जना घाइते भएका छन्।



कागजपत्र |
