


नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति कमल थापाको समर्थन

काठमाडौँ- नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिको आलोचना भइरहेको बेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने समर्थन जनाएका छन्। थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेर राष्ट्रहित अनुकूलको कदम चालेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वा भाविक भएको उनको भनाइ छ।

