बन्दसूची बुझाउने समय ढल्किदै गर्दा निर्वाचन आयुक्त भन्छन् : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !


काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको ढल्किदै गर्दासमेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आयागले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन असोज २ र ३ गतेको समय तोकेको छ । दोस्रो दिनको ३ बजेसम्म प्रमुख ठुला राजनीतिक दलहरुले उम्मेदवारको सुची बुभाउन आयोगमा नआएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था महशुस गरिरहेको बताएका छन् ।

‘विगतको समेत अनुभवलाई हेर्दा सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्थाको महशुस भइरहेको छ’, थपलियाले सञ्चारकर्मीसँग भने । उनले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताए । ‘आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम नसक्दासम्म हामी जाँदैनौं । तरपनि उहाँहरु ५ बजेभित्र आइदिएर आज हुँदै सकिदिए हुन्थ्यो भन्ने छ’, थपलियाको भनाइ छ ।

केही साना दलहरुले भने निर्वाचनकालागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएर फर्किएका छन् ।

प्रतिक्रिया