समानुपातिकको सूची थाँती राख्दै सोलु पुगेर फर्किए प्रचण्ड


काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन आयोगलाई बुझाउने अन्तिम दिन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोलुखुम्बुमा गाउँपालिका भवन उद्घाटन गरेर भर्खरै फर्किका छन् ।
अर्थमन्त्री तथा पार्टीका उपमहासचिव जनार्दन शर्मा, नेता राम कार्की, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मासहित सोलुखुम्बु गएका प्रचण्डले सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका भवन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गरी फर्किएका हुन् ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभामा बन्दसूचीको नामावली आजसम्म बुझाउन राजनीतिक दलहरुलाई सूचना जारी गरेको थियो । तर अध्यक्ष दाहाल पार्टीको पदाधिकारी चयनमा असन्तुष्ट बनेका शर्मालाई आफैसँग लिएर सोलु गएका हुन् ।

समानुपातिक तर्फको बन्दसूचीमा नाम समावेस गर्ने महत्वपूर्ण बैठक छोडेर प्रचण्ड शर्मा र कार्कीलाई लिएर सोलुखुम्बु पुग्नुका पछि शर्मासँग चिसिएको सम्बन्ध बिस्तार र सोलुखुम्बुको एक मात्र संघीय निर्वाचन क्षेत्रमा राम कार्की (सुरेन्द्र) लाई उम्मेदवार बनाउन खोजेको देखिन्छ । छोरी गंगा दाहाललाई लिएर हेलिकोप्टरमा गएका दाहाल बिहान सोलु गएर दिउँसो फर्किएका हुन् ।

प्रतिक्रिया