मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, संसद् अधिवेशन अन्त्यको सिफारिस होला?


काठमाडौँ- मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ। बिहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

आजको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने सम्भावना छ।

प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी छ। समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको बुझिएको छ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ।

 

प्रतिक्रिया