

कमल थापा भन्छन् : टुकुचामा पौडी खेलेको सम्झना ताजै छ

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने महानगरको अभियान प्रशंसनीय भएको जनाएका छन्। सामाजिक सञ्जालमा मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई स्याबासी दिँदै थापाले राम्रो साहसिक काम भन्दै टुकुचामा पौडी खेलेको स्मरण गरेका हुन्।
उनले भने, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ’, थापाले लेखेका छन्, ‘काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

