सिआईबीलाई नै ठगी गर्न खोज्ने सप्लायर्स कालोसूचीमा, एक वर्षसम्म कतै काम गर्न नपाउने


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई ठगी गर्ने कम्पनी कालो सूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी ५ वटा ठेकेदार संस्था तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । गोरखापत्रमा प्रकाशित सूचनाअनुसार सिआईबीलाई नै ठगी गर्न खोज्ने कम्प्युटर सप्लायर्स मेगा टेक ट्रेड ग्रुप समेत रहेको छ ।

उक्त सप्लायर्सले सिआइबीलाई सप्लाई गर्नुपर्ने १० लाख मूल्य बराबरको ल्यापटपमा स्पेसिफिकेसनअनुसारको उपलब्ध नगराई अर्कै उपलब्ध गराउन खोजेपछि सिआईबीले अस्वीकार गरेको थियो । लामो समयसम्म कम्प्युटर सप्लाई नभएपछि सिआईबीले उक्त सप्लायर्सलाई कालोसूचीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचालमा कालोसूचीका लागि सिफारिस गरेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मेगा टेक सहित विभिन्न ५ फर्म तथा कम्पनिलाई १ वर्षका लागि कालो सूचीमा राखेको छ ।

अनुगमन कार्यालयले महालेखा नियन्त्रक कार्यालय अनामनगरको सिफारिसमा स्टार अफिस इन्टरनेश्नल, पुतलीसडक, सडक विभाग ईलामको सिफारिसमा माईभगवती निर्माण सेवा, पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेशको सिफारिसमा आर्या निर्माण सेवा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तम्घास गुल्मीको सिफारिसमा सिद्धार्थ हार्डवेयर्स बुटवललाई कालो सूचीमा राखिएको छ ।

प्रतिक्रिया