
स्वास्थ्यका कर्मचारीलाई विदेशमा अध्ययनका लागि आवेदन खुल्यो
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि छात्रवृत्तिमा वैदेशिक अध्ययनका लागि आवेदन खुलेको छ।
भारतको सेन्ट्रल साइन्टिफीक इन्स्टुमेन्ट अर्गनाइजेसले आयोजना गर्न लागेको पोलीसीज अन बायोमेडिकल डिभाइस कोर्ष अध्ययनका लागि आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। इच्छुक र्मचारीले मन्त्रालयको शुसासन शाखामा सम्पर्क गर्न सक्नेछन्।
कोर्ष नोभेम्बर १४ देखि डिसेम्बर २ सम्म भारतमा संचालन हुनेछ।



कागजपत्र |
