
पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले दुई पटक प्रधानमन्त्री भइसकेँ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्।
उनले भने, ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म गरिब परिवारमा जन्मेको हुँ। खान लाउन नपाउने भएपछि चितवन सरेको हो। मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’
राजनीति ट्र्याकमा आए सबै क्षेत्रको विकास हुने उनले बताए। राजनीतिमा निरंकुशता को अन्त्य हुनुपर्ने बताए।
‘हामीले युवा अवस्थामा छलफलको क्रममा देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सपना देखेका थियौँ। त्यो अठोट अहिलेसम्म कायम छ। तपाईहरु सपना बनाउनुस्। लागि पर्नुस् सफलता तपाईंहरुलाई चुम्न आइपुग्छ उनले भने, ‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसके। म गौरव ठान्छु, मैले युद्धको कमाण्ड गरे सुप्रिम कमाण्डर बने विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे।’



कागजपत्र |
