
तीन दिन पछि सारियो राष्ट्रियसभा बैठक
काठमाडौं – राष्ट्रियसभाको बैठक तीन दिन पछि सरेको छ ।
आइतबार अपराह्न १२: ५९ मा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक बुधबारका लागि सारिएको हो ।
‘भदौ २६, आइतबार अपराह्न १२ः ५९ का लागि निर्धारण गरिएको संघीय संसद, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम भदौ २९ गते बुधबार बिहान १०ः ५९ बजे बस्ने गरी निर्धारण गरिएको छ,’ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




कागजपत्र |
