
सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान
तनहुँ – व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो ।
नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्रविधिक अधिकृत विशाल पण्डितले जानकारी दिए । पत्रकार महासङ्घ तनहुँको सिफारिसका आधारमा यसअघि गरिएको पत्रकार स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय पनि भएको छ । नगरपालिकाले गत वर्ष प्रतिव्यक्ति रु दश लाख बराबरको बीमा गरिदिएको थियो ।



कागजपत्र |
