देशभर थप २२७ जनामा कोरोना पुष्टी, १ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २२७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३७ एन्टीजेन परिक्षण गर्दा ९० गरी २२७ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६८ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ जना संक्रमितले ज्यान गुमाएका छन् ।

उक्त अवधिमा १ लाख ४५  हजार ५९५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २ हजार ४७३ जना रहेका छन् ।

 

प्रतिक्रिया