नेप्से परिसुचक २.२३ अंकको गिरावट


काठमाडौं – बिहीबार सेयर बजारमा सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक (०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ ।

आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । बुधबार ८२ अर्बमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । बिहीबार बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ यर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४।०९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया