

अर्थमन्त्री शर्मा रुकुम पश्चिमबाट माओवादी उम्मेदवारमा सिफारिस

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
अर्थमन्त्री समेत रहेका शर्मालाई नेकपा माओवादी केन्द्र जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।
बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेको उनले बताए ।

