श्रीलङ्कामा ३७ राज्य मन्त्रीद्वारा सपथ ग्रहण


कोलम्बो – श्रलिङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

सपथ खानेहमा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन् ।

उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका सङ्केतहरू देखिए पनि अझै आर्थिक सङ्कट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन ।

प्रतिक्रिया