सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ ।

सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक समय परिवर्तन गरेर ३ बजेलाई सारिएको हो ।

कार्यदलको बैठक बिहीबार बिहान साढे ९ बजेदेखि बालुवाटारमा जारी छ ।

प्रतिक्रिया