

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं – सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौंमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका–७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
मोरङको रंगेली नगरपालिका–१ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौंको नागार्जुन नगरपालिका–३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

