पोखराको आर्ट ग्यालरी र लाइब्रेरीमा पनि चल्यो डोजर


कास्की – पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भत्काएको छ ।

पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले डोजरको सहायताले भत्काएको हो। तत्कालीन मेयर मानबहादुर जिसीकै कार्यकालमा त्यसलाई भत्काउने निर्णय भइसकेको महानगरपालिकाले जनाएको छ।

हालका मेयर धनराज आचार्यसहितको टोलीले बिहीबार बिहान महेन्द्रपुल पुगेर उक्त संरचना हटाएको हो। पोखरा महानगरको गत चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले  महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय न्युरोडस्थित प्रदेश संग्रहालयमा सार्ने निर्णय गरेको थियो।

महानगरले आर्ट ग्यालरी हटाएको स्थानमा पार्किङ बनाउने भएको छ। महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन्। त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको भन्दै महानगरले ग्यालरी हटाएर पार्किङस्थल बनाउन लागेको हो।

प्रतिक्रिया