
देउवाले शुभकामना दिँदै भने : निजामती सेवालाई थप सक्षम बनाउनुपर्छ
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन्। सेवा प्रवाहलाई चुस्त बनाउन र विकास निर्माणको कार्यमा गति दिनुपर्ने प्रधानमन्त्रीले खाँचो औंल्याएका छन्।
निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।
निजामती सेवा राष्ट्रको दर्पण भएकाले यसको सुधार बिना राष्ट्रिय समृद्धिको सपना सम्भव नहुने उनले बताएका छन्। निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘सरकारले निजामती सेवामा समसामयिक सुधार गरी संघ, प्रदेश र स्थानीय तीनवटै तहमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनमा सुधार ल्याउन विभिन्न प्रयास गरिरहेको छ।’



कागजपत्र |
