
नवलपरासी पूर्वमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौँ- नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ।
ती क्षेत्र भई बहने स-साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ‘नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स-साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनुहुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ।



कागजपत्र |
