खातामा रकम नभएको चेक दिने पक्राउ


काठमाडौं – ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ठगी गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका–११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित Info Techs Nepal Pvt. Ltd. मा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाई हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाएको छ ।

प्रतिक्रिया