सिट बाँडफाँट आज टुंगो लगाउने कार्यदलको दाबी


काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज सहमति जुटाउने दाबी गरेको छ। हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ। आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो लगाउने कार्यदलको दाबी छ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो।

‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारे छलफल गरेका छौँ। भोलि फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ,’ सोमबारको बैठकपछि कार्कीले भने, ‘हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौँ। १६५ सिटमा नै आज मुलरूपमा गृहकार्य भयो।’

प्रतिक्रिया