
राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस, कांग्रेसका निधि नउठ्ने
काठमाडौं – लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ ।
सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो । महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।
यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।



कागजपत्र |
