


देशभर थप २२१ जनामा कोरोना पुष्टी, २०६ संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २२१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२२ एन्टीजेन परिक्षण गर्दा ९९ गरी २२१ जना नयाँ संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २०६ जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । उक्त अवधिमा २ लाख ६९ हजार ६४५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेका छन् ।

