सिट बाँडफाँटका लागि कार्यदलको बैठक बस्दै, आज टुंगिएला त?


काठमाडौं- सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ। आगामी संसदीय निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटको जिम्मा पाएको कार्यदलको बैठक आज बस्न लागेको हो।

कार्यदलको बैठक दिउँसो १ बजेका लागि डाकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
कार्यदलको बैठक आइतबार (हिजो) पनि बसेको थियो। तर, लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन।

गठबन्धनमा रहेका दलहरुले आफ्नो दाबी नछाडेपछि कार्यदलले सिट बाँडफाँट टुंगोमा पुर्याउन नसकेको हो। कार्यदलले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ।

 

प्रतिक्रिया