आज केन्यासँग अन्तिम एकदिवसीय खेल्दै नेपाल


काठमाडौँ- नेपालले केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत सोमबार अन्तिम खेल खेल्दै छ। केन्याको नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ।

नेपालले यसघि नै सिरिजमा कब्जा जमाइसकेको छ। पहिलो खेल ७ विकेट आफ्नो पक्षमा पारेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो।

 

प्रतिक्रिया