राष्ट्रपतिका रूपमा अन्तिम भाषणः ट्रम्पले बताए आफ्ना उपलब्धि


काठमाडौं – अबको केही घन्टामा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनलाई सत्ता सुम्पिन लागेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तिम सन्देशमा आफूले शुरू गरेको आन्दोलन जारी रहने बताएका छन् ।

उनले संसद् भवनमा आफ्ना समर्थकहरूले गरेको हिंसाको आलोचना गरेका छन् । बाइडनको प्रशंसा गर्न पनि उनी चुके । लगभग २० मिनेटको एक प्रिरेकर्डेड सन्देशमा ट्रम्पले राष्ट्रपति कार्यकाललाई असाधारण भनी चित्रित गरे ।

नयाँ सरकारलाई शुभकामना दिँदै ट्रम्पले भने, ‘हामीले नयाँ सरकार पाउन लागेका छौं । हामी उसको सफलताको कामना गर्छौं र अमेरिका सुरक्षित र समृद्ध राखोस् भन्छौं ।’

ह्वाइट हाउसमा चार वर्ष बिताएका ट्रम्प फ्लोरिडास्थित मार–ए–लागो रिजोर्टमा बस्नेछन् । नयाँ सरकारलाई सत्ता सुम्पिने चर्चा गर्दा ट्रम्पले बाइडनको नाम लिएनन् । चुनावमा बेहोरेको हारको पीडाबाट उनी अझै निस्कन सकेका छैनन् ।

ट्रम्पले आफ्ना उपलब्धिहरूको चर्चा गर्दै कुनै नयाँ युद्ध शुरू नगर्ने राष्ट्रपति बनेकोमा गर्व लागेको बताए । संसारको सबभन्दा शक्तिशाली देशका रूपमा अमेरिकालाई विदेशबाट लगातार चुनौती आइरहेको र अमेरिकाले आफूमा विश्वास गर्न बिर्सेको उनले बताए ।

एजेन्सी

प्रतिक्रिया