नक्कली पिसीआर बिक्रिदेखि कालोबजारीसम्म, कसको संरक्षण छ?


काठमाडौं– सरकारले छानबिन गरी चेतावनी दिए पनि ह्याम्स अस्पतालले स्वास्थ्य अपराधको कर्म नछाडेको प्रमाण फेरि फेला परेको छ।

कोरोना भाइरस (कोभिड–१९)को उपचारका क्रममा स्वास्थ्य सामग्रीमा कालोबजारी गर्दै आएको अस्पतालले विदेश जाने यात्रुलाई नक्कली पिसीआर रिपोर्ट दिएपछि सरकारले छानबिन गरेको थियो। तर ह्याम्सले मोटो रकम लिएर फेरि नक्कली रिपोर्ट बेचेको प्रमाण फेला परेको छ।

प्रहरीले मंगलबार फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाट दुबई हिंडेका यात्रुका साथमा ह्याम्स अस्पतालले जारी गरेको नक्कली पिसीआर रिपोर्ट फेला पारेपछि ह्याम्सको अपराध कर्म जारी रहेको खुल्यो। बाराको बारागढी–५ घर भएका सुदीप चौधरीका साथबाट नक्कली पिसीआर रिपोर्ट फेला परेपछि अनुसन्धान सुरु भएको छ।

महानगरीय प्रहरी वृत्त गौशालामा चौधरीलाई राखिएको छ। १९ पुस २०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाटै सात जनाबाट पाइएको नक्कली पिसीआर रिपोर्ट पनि ह्याम्ससहितले बेचेको खुलेको थियो। सल्यानका दिनेश सिंह, धुनषाका नारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङसँग नक्कली पिसीआर रिपोर्ट फेला परेको थियो जसलाई ह्याम्स र सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टरले प्रमाणिकरण गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सेटिङ मिलाएर ह्याम्सले स्वास्थ्य अपराध जारी राखेको बताइएको छ। उच्च स्रोतका अनुसार राजनीतिक रुपमा पहुँच राखी मनपरी हिसाबले ह्याम्सको स्वास्थ्य अपराध कर्म जारी राखिएको हो।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई अस्पतालका सञ्चालकले मिलाएर यसरी नक्कली पिसीआर रिपोर्टलगायत महँगो मूल्यमा विक्रि गर्दै आएका छन्। स्वास्थ्य मन्त्रालयले नै ह्याम्सका अपराध छानबिनका लागि समिति गठन गरेको पनि थियो।

ह्याम्सका अन्य अपराध शीर्षक पनि पढ्नुहोस्

ह्याम्स अस्पतालको अपराध छानबिन गर्न सरकारको समिति, २४ घन्टाभित्र प्रतिवेदन तयार पार्न निर्देशन

ह्याम्स अस्पतालका अपराधः स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

मुर्दा उपचार गर्ने शैलीमा ह्याम्सको लुट धन्दाः कालोबजारीमा कारबाही हुने प्रशस्त प्रमाण

बिरामीसँग मनपरी लुटेको करोडौं रकम जुवा खेल्छन् सञ्चालक भण्डारी

‘मुर्दा उपचार गरी रकम लुट्ने’ शैलीको ह्याम्स अस्पतालका काला कर्तुतहरू यस्ता छन्

प्रतिक्रिया