

भारतीय सद्गुरुसँग राजेश हमाल

काठमाडौँ- नेपाली फिल्मका नायक राजेश हमालले भारतीय आध्यात्मिक सेलिब्रेटी सद्गुरुसँग अन्तर्वार्ता गरेका छन्। उनले बैंग्लोरमा सद्गुरुसँग अन्तर्वार्ता गरेका हुन्।
बिहिबार भारत पुगेका हमालसँग नेपाली गायक रवि ओड र भीवाइएफका संचालक दशरथ सुनार पनि रहेका छन्। प्रतीक्षित बनेको यो टक शो सुटिङका लागि हमाल तामिलनाडुस्थित कोइमबतुरमा रहेको सद्गुरुको आश्रममा नै पुगेका थिए।
यो टक शो मा हमाल र सद्गुरु बिच नेपाल र भारतको मित्रता, संकृति र अध्यात्मको बिषयमा कुराकानी भएको बताइएको छ। सद्गुरुले आगामी भदौ १७ गते काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा प्रवचन समेत दिने बताइएको छ।

