

३९६ जना संक्रमणमुक्त हुँदा देशभर थप १७३ जनामा कोरोना पुष्टी

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १७३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न पंयोगशालामा गरिएको २८३९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर थप ३९६ जना कोरोनमुक्त हुँदा कोही पनि संक्रमितले ज्यान गुमाएका छैनन् । अहिलेसम्म नेपालमा ११ हजार ९९९ जनाले कोरोनाकै कारण ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ३ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन् ।

