बालेनलाई रविको पूर्ण साथः पछाडि ‘बा’ भएका नेताहरुलाई बिदा गरौं अगाडि ‘बा’ भएकाहरु आइसके


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि ‘बा’ भएका नेताहरुलाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् । शनिबार राजधानीको खुल्लामञचमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका शिर्षस्थ नेताहरुलाई लक्षित गर्दै पार्टी सभापति लामिछानेले उक्त कुरा बताएका हुन् ।

लामिछानेले काठमाडौंका मेयर बालेन शाह डोजर लिएर निस्किएको भन्दै उनलाई स्वागत र सहयोग गर्ने जनाएका छन् । उनले बालेनको कदमलाई हिन्दी चलचित्र ‘नायक’प्रति इंकित गर्दै चलचित्रमा खलनायक राजनीतिक पात्रको भूमिकामा रहेका अमरिस पुरीजस्ता केही व्यक्ति कानुनको छिद्रा देखाएर बाहिर निस्किएको बताए।

त्यस्तै, उनले अबको निर्वाचनमा लाज पचेका नकचराहरुलाई हटाउनुपर्ने बताएका छन्। टेलिभिजन कार्यक्रमा बोलेको ‘लाच पचेका नकचराहरुलाई टुडिखेलमा राखेर‘। म छ’ भन्ने कुरालाई टिप्पणी गर्दै उनले अबको निर्वाचनमा यस्ता मानिसलाई हटाउनुपर्ने बताएका हुन्।

उनले अहिले आफूले गरेका भाषण नभई आगामी निर्वाचनपछि जनतासँग गरेका बाचाहरु भएकाले सबैले रेकर्ड गरेर राख्नसमेत आग्रह गरेका छन् ।

लामिछानेले आगामी निर्वाचनमा आप्mनै पार्टीका उम्मेदवार पनि योग्य नलागेको खण्डमा जनताले भोट नदिनका लागि आग्रह गरेका छन् । उनले अगाडि भने, ‘कहिँ कतै नचिनेर हाम्रै पार्टीको तर्फबाट पनि उम्मेदवार भएको भए, उसलाई मत दिनुपर्दैन ।’

प्रतिक्रिया