हतकडीसहित फरार भएका युवक पक्राउ


कैलाली – हतकडीसहित फरार भएका युवक पक्राउ परेका छन् । कैलालीको जोशिपुर गाउँपालिका ४ का शंकर चौधरी हतकडीसहित सोही वडाको हस्नापुरबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुटपिट मुद्दामा पक्राउ परेका अन्दाजी २८ वर्षीय चौधरी आज दिउँसो पक्राउ गरेर ल्याउँदै गर्दा हतकडीसहित फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीमा राखिएको बताए ।

प्रतिक्रिया