

गत २४ घन्टामा देशभर थप ६२३ मा कोरोना पुष्टी

काठमाडाैं – पछिल्लो २४ घण्टामा ६२३ नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट २४६ र एन्टिजेन परीक्षणबाट ३७७ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा १६२१ पीसीआर र ३३२४ एन्टिजेन गरी ४९४५ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
४८७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५०२४ रहेको मन्त्रालयले जानकारी दिएको छ।

