
देव गुरुङ बन्लान् माओवादी केन्द्रको महासचिव?
काठमाडौँ– नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउँदैछ। हिजोको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अन्तिम टुंगो लगाउने बताएका थिए।
प्रचण्डले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी टुंगो लगाउने भएका हुन्। यसअघि नै पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चुनिसकेका छन्। यद्यपि, सार्वजनिक हुन बाँकी छ।
महासचिवमा देव गुरुङलाई चुन्ने प्रचण्डले गृहकार्य थालेका छन्। लामो समयदेखि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले टक्कर दिँदै आएका थिए। दुई नेता पछि नहटेपछि प्रचण्डले तेस्रो व्यक्ति महासचिवमा ल्याउन चाहेको माओवादीका एक स्थायी कमिटी सदस्य बताउँछन्।
हिजोको बैठकले पदाधिकारी बाहेक सबै पद टुंगो लगाएको थियो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने, १२५ सदस्यीय पोलिटब्युरो समिति गठन गर्ने, २६ जना वैकल्पिक पोलिटब्युरो बनाउने र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको हो ।



कागजपत्र |
