राजदूत शर्मा र भारतीय अर्थमन्त्री सीतारमणबीच सौहार्दपूर्ण भेट


काठमाडौं – भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले भारत सरकारकी अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन् ।

यस क्रममा दुई देशबीचको सम्बन्धलाई सुदृढ पार्न वित्तीय तथा बैंकिङ सुधारका सम्भावित क्षेत्रहरूको बारेमा कुरा गरेको राजदूत शर्माले बताए।

उनले यस भेटबारे ट्विटरमार्फत् जानकारी दिएका छन् । बुधबार राजदूत शर्माले आफ्नो ट्विटरमा भारतीय अर्थमन्त्री माननीय निर्मला सीतारमणसँग सौहार्दपूर्ण भेट भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया